हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
reportersnepal.com · Tue Oct 06 10:40:30 GMT 2026

स्टकहोम, २० असोज । बेल्जियममा जन्मिएका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।