हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
khabarhub.com · Tue Oct 06 10:48:56 GMT 2026

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मङ्गलबार स्टकहोममा पुरस्कार घोषणा गरेको हो ।
८२ वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयसँग आबद्ध छन् । उच्च–ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन् । उनको अनुसन्धान तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्त्वपूर्ण आधार तयार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)