मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले जेठमै बगायो ३५ सय रोपनी खेत

annapurnapost.com · Mon Jun 13 00:41:00 GMT 2022

गोरखा : पालुङटार–९ का चक्रबहादुर लामाको साठीमुरे खेत तीन वर्षअघि साउन ५ गते चुक्ती खोलाको बाढीले बगर बनायो। हिउँदभरि मोहियाहरू (सँधियार) मिलेर अमिन झिकाई खोलाघर छुट्ट्याए। मोहियाको साँधसीमा छुट्याए। एस्काभेटर लगाई खोलालाई आफ्नै बाटोमा लगाए। तारजाली लगाएर छेकबार गरे। यति गर्दा १ लाख रुपैयाँ खर्च भयो। मेसिन लगाएर जग्गा सम्याए र रोपाइँ गरे। रोपाइँकै राति अर्थात् गत असार १६ गते घनघोर वर्षा भयो। खेत फेरि बगर पल्ट्यो। फेरि हिउँदभर बगरलाई खेत बनाए। रोपाइँको तयारी थियो। तर, यसपटक पनि जेठ २७ गतेको बाढीले खेत फेरि बगर बन्यो।

खोलाले लगातार तीन वर्ष दुःख दिएपछि निराश छन्। भन्छन्, ‘परिवार पालौँला भनेर दुःख गरी कमाएको पैसाले खेत किनेको थिएँ। तर, खोलाले झम्टेको झम्टै गर्‍यो। किसानले दुःख गरेर खान्छुभन्दा पनि पाइएन।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)