गाजामा स्थायी युद्धविराम गर्न गुटेरेसको आह्वान
reportersnepal.com · Tue Oct 06 10:56:19 GMT 2026

न्युयोर्क, २० असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा स्थायी युद्धविराम गर्न आह्वान गरेका छन् । उनले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पु¥याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न पनि आग्रह गरेका छन् ।
एक विज्ञप्तिमार्फत उनले अबको समय स्थायी युद्धविराम, व्यापक मानवीय सहायता र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्ने समय भएको बताए । उनले सम्पूर्ण क्षेत्रमा स्थायी शान्तिका लागि राजनीतिक मार्ग तय गर्नुपर्नेमा पनि जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)