बार्सिलोनालाई सात गोलको खेलमा तीन अंक
ekantipur.com · Mon Aug 28 01:03:22 GMT 2023
म्याड्रिड — डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सात गोलको रोमाञ्चक खेलमा भिल्लारियललाई ४–३ ले पराजित गरेको छ । खेलको ७१ औं मिनेटमा रोबर्ट लेवनडोस्कीले निर्णायक गोल गरे । त्यसअघि फेरान टोरेसले बराबरी गोल गरेका थिए ।
भिल्लारियलका लागि २–० ले पछाडि रहेको स्थितिमा जुवान फोयथ, एलेक्जान्डर सोरलोथ र एलेक्स बेनाले गोल गरेका थिए । खेलको सुरुआती १५ मिनेटभित्र जाभी र फ्रेन्क डे जङको गोलले बार्सिलोना सुरुमै अगाडि रहन सफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)