धनराज गुरुङले दिए उपसभापतिमा उम्मेदवारी
nepalnews.com · Tue Oct 06 11:39:41 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता धनराज गुरुङले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार गुरुङले उपसभापति पदमा उम्मेदवारी दिएका हुन्। उनी कांग्रेसको १४औं महाधिवेशनबाट पनि उपसभापति निर्वाचित भएका थिए।
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)