‘पाँच पाण्डव’को पोस्टरमा इभा गिरीको द्रौपदी लुक्स
nagariknews.nagariknetwork.com · Tue Oct 06 11:45:24 GMT 2026

मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । फस्र्टलुक पोस्टरमार्फत पाँच पाण्डव चिनाएको निर्माणपक्षले दोस्रो पोस्टरमार्फत द्रौपदी रिभिल गरेको छ ।
‘पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन् । रातो भेषमा हल्का गहनासहित सुन्दर देखिएकी द्रौपदीको लुक्सले दर्शकको ध्यान खिच्छ । महाभारतकी द्रौपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी इभाको लुक्सले पोस्टरलाई थप सुन्दर बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)