दिल्लीविरुद्ध बैंग्लोर १६ रनले विजयी, उक्लियो तालिकाको तेस्रो स्थानमा
farakdhar.com · Sun Apr 17 00:57:59 GMT 2022
इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले चौथो जित निकालेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले हराउँदै बैंग्लोरले लिगमा चौथो जित निकालेको हो । उसले ६ म्याच खेल्दा दुई खेलमा भने हार बेहोरेको छ ।
दिल्लीले भने लगातार दोस्रो खेलमा हार बेहोर्यो । आफ्नो पाँचौँ खेलमा बैंग्लोरले दिएको १९० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर डेविड वार्नरले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)