ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अकेला
ratopati.com · Tue Oct 06 12:05:50 GMT 2026

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् ।
यसअघि उनी बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध रहँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)