गभर्नर नहुँदा ‘अस्थिरता बढ्छ’
ekantipur.com · Tue Apr 12 00:52:46 GMT 2022
काठमाडौँ — अर्थतन्त्र गम्भीर संकटको संघारमा रहेको अवस्थामा मौद्रिक व्यवस्थापन गर्ने जिम्मेवार निकाय नेपाल राष्ट्र बैंक नेतृत्वविहीन हुँदा मुलुकमा अस्थिरता झनै बढ्ने टिप्पणी अर्थविद्हरूले गरेका छन् । गभर्नर नहुँदा आगामी बजेटका लागि उपयुक्त सुझाव आउन नसक्ने, राष्ट्र बैंकका कर्मचारीको आत्मविश्वासमा खलल पुग्ने र यसले अस्थिरता बढाउने उनीहरूले बताएका छन् ।
‘कानुनविपरीत गल्ती गरेको भए जस्तो अवस्थामा जोसुकैलाई पनि कारबाही गर्नुपर्छ तर अहिले सरकारले गभर्नरलाई निलम्बन गर्नुको कारण हेर्दा कारबाही नै गरिहाल्नुपर्ने देखिँदैन,’ राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले भने, ‘राम्रो काम गरिरहेको अवस्थामा जिम्मेवारीबाट हटाउने काम भयो । यो स्वायत्त निकाय राष्ट्र बैंकमाथिको ठाडो हस्तक्षेप हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)