मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास बनाउने निर्णय, सहयोग गर्न आह्वान

kathmandupati.com · Tue Oct 06 12:20:30 GMT 2026

काठमाण्डु – गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित परिवारका लागि सरकारले विभिन्न साझेदार संघसंस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले अस्थायी आवास बनाउने निर्णय गर्दै पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थाहरूलाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो, त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)