गृहमन्त्री लेखकले कसको स्वार्थमा आफ्नो राजनीति दाउमा लगाउँदै छन् ?
barnanmedia.com · Tue Aug 26 21:27:11 GMT 2025

रमेश लेखक स्वभावतः नरम, भद्र र इमानदार नेतामा गनिन्छन् । यही छविका कारण नेपाली कांग्रेसभित्र मात्र नभएर बाहिर पनि उत्तिकै लोकप्रिय थिए । शान्ति प्रक्रिया र संविधान निर्माणका महत्त्वपूर्ण वार्ता र संघर्षहरूमा उनले खेलेको भूमिका इतिहासले स्मरण गर्नेछ या उनका अहिलेका क्रियाकलापले ती सबै योगदानलाई छायामा पारिदिने छ ? अहिले उठिरहेको अहं सवाल यही हो ।
अहिलेको सरकार भुटानी शरणार्थी प्रकरण सामसुम पार्न आएको हो भन्ने तथ्य भर्खर जन्मिएको बालकले पनि बुझिसकेको छ । केशव झापछि कोही पनि समातिएनन् । बालकृष्ण खाणलाई रिहा गर्ने उच्च अदालतको विवादास्पद आदेशउपर सर्वोच्चमा निवेदन दिइएन । अरु पनि कतिपय कांग्रेस र एमालेका नेताहरुका अपराध ढाकछोप गर्न गृह मन्त्रालयबाट रमेश लेखक र महान्यायाधिवक्ता रमेश बडालको जोडीले न्वारानदेखिएको बल लगाएर काम गरिरहेकै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)