'विद्या चापागाई' कथाहरू सुन्ने, सुनाउने र बुझ्ने
barnanmedia.com · Tue Aug 26 21:35:17 GMT 2025

साहस भएकी व्यक्ति। पत्रकारिताको पढाइपछि रेडियो नेपाल हुँदै BBC सम्मको यात्रा उनले पुर्याइन्। त्यही क्रममा उनले प्रस्तोता भएर “साझा सवाल” कार्यक्रममा काम गरिन्। हजारौं दर्शकका अगाडि, हजारौं स्वरहरूको प्रतिनिधि बनेर उनी बोलेकी थिइन्। तर एकदिन उनले निर्णय गरिन् । अब स्टुडियो मात्र होइन, माटोको सुगन्ध बोकेको गाउँतिर जानुपर्छ।
त्यही निर्णयले जन्मायो “हेर्ने कथा”। क्यामेरा, केही साथीहरू र मनभित्रको विशाल दृष्टिकोणसहित उनले देशभरका गाउँमा पाइला राखिन्। त्यो अभियानमा उनले बो'क्सी आ!रोपमा पि'टिएकी महिलाको आँ'सु देखिन्, सडकमै गीत गाएर पेट पाल्ने बालकको सपना सुनीन्, हिमाल चढेकी सानी नानीको आँट देखिन्। विद्या कसैको भाग्य फेर्न सक्दिनथिन्, तर कसैको कथा अरु हजारौंले सुन्न सकून् भन्ने विश्वास लिएर अघि बढिन्। सेन्मिखाको कथा, चुमभ्यालीको कथा, हराएका वर्षहरूमा प्रकाशको कथा यस्ता अनेकौँ कथा हेर्ने कथा टोलीले बुनेको छ । कथा मात्रै बुनेको छैन त्यसलाई अत्यन्त सुन्दर शैलीमा प्रस्तुत पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)