मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा महिलाको अवस्था: ‘राजनीतिक, सामाजिक र आर्थिक नेतृत्वमा सुधारोन्मुख’

ratopati.com · Thu Dec 11 22:37:01 GMT 2025

म्याग्दी। म्याग्दीमा राजनीतिक, सामाजिक र व्यावसायिक नेतृत्वमा महिलाहरूको सक्रियता बढ्न थालेको छ । केही वर्ष अघिसम्म घरायसी कामकाजमा मात्र सीमित हुने महिलाहरू अहिले भने राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका हुन् । मुख्य राजनीतिक दलहरूमध्ये नेकपा (एमालेको) जिल्ला कमिटीको पदाधिकारी र केन्द्रीय समितिमा समेत महिलाहरूको प्रतिनिधित्व छ । एमालेको स्थायी कमिटी सदस्यमा म्याग्दीबाट थममाया थापा छिन् ।

थापा पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत थिइन्। त्यसैगरी संविधानसभा सदस्यसमेत रहेकी नरदेवी पुन एमालेको केन्द्रीय सदस्य हुन् । म्याग्दीमा सशक्त महिला नेतृको पहिचान बनाएकी पुनले गण्डकी प्रदेश सरकारमा सामाजिक विकासमन्त्री र सङ्घीय सरकारमा पशुपन्छी विकास राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेकी छिन् । एमालेको जिल्ला कमिटीमा धमसरा पुन सचिव छिन् । उनले २०७४ सालमा धवलागिरि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरिसकेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)