आईपीएलः १००० औं खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो
nepalipatra.com · Sun Apr 09 05:26:31 GMT 2023
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं सिजनको पहिलो ‘एल क्लासिको’ खेल चेन्नई सुपर किंग्सले जितेको छ ।
शनिबार चेन्नईले लिगको १००० औं खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । पहिलो इनिङ्समा रविन्द्र जडेजाले ३ विकेट लिए भने अजिंक्य रहाणेले १९ बलमा प्रतियोगिताको सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । दुवै सिएसकेको जितका नायक थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)