सर्वोच्चमा चार न्यायाधीश सिफारिस
kendrabindu.com · Tue Oct 06 12:57:50 GMT 2026

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि चार जना न्यायाधीशको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश मनोज शर्माको अध्यक्षतामा मंगलबार दिउँसो बसेको न्यायपरिषद् बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।
तर चार न्यायाधीशको सिफारिसप्रति न्यायपरिषद्का दुई सदस्यले असहमति जनाएका छन्। परिषद्का वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र सदस्य महेश कुमार नेपालले निर्णयमा नोट अफ डिसेन्ट लेखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)