मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेको सीईओमा कस्ले मार्ला बाजी ?

corporatenepal.com · Tue Oct 06 13:06:29 GMT 2026

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ । नेप्सेको सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले चार जनाको नाम सर्टलिस्ट गर्दै उनीहरुलाई अन्तर्वार्तामा बोलाएको हो ।

सर्टलिस्टमा पर्नेमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन् । समितिले उनीहरु सबैलाई असोज २३ शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणको लागि बोलाएको छ । अन्तर्वार्तापछि समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । सोही सिफारिस अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछन् र बैठकले एक जनालाई सिफारिस गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)