स्पेनमा गहिरिँदै आवास सङ्कट, बार्सिलोनामा हिंसात्मक प्रदर्शन
bishowkhabar.com · Tue Oct 06 13:20:22 GMT 2026

काठमाडौं– स्पेन सरकारले मङ्गलबार देशमा गहिरिँदो आवास सङ्कट समाधान गर्न नयाँ आपतकालीन उपाय स्वीकृत गरेको छ। यो निर्णय तटीय सहर बार्सिलोनामा सोमबार राति भएको हिंसात्मक घटनासहित देशभर हजारौँ मानिसले गरेको प्रदर्शनपछि आएको हो।
सोमबार अबेर बार्सिलोनामा अशान्ति फैलिनुअघि सप्ताहन्तमा देशका विभिन्न सहरमा प्रदर्शन भएका थिए। राजधानी म्याड्रिडमा ८७ वर्षीया एक वृद्धालाई घरबाट निकालिएपछि आवास सङ्कटप्रति सरकारको ध्यानाकर्षण गराउन प्रदर्शनकारीले थप प्रभावकारी कदमको माग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)