मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेरक प्रसंग : कुन साँचो कुन झुटो ?

nayapatrikadaily.com · Thu Aug 31 00:13:00 GMT 2023

एक पानीजहाजका सहायक चालक तीन वर्षदेखि सोही जहाजमा कार्यरत थिए । एक दिन उनी रक्सीको नशामा डुबे । उनको कार्यकालमा यस्तो घटना पहिलोपटक भएको थियो । क्याप्टेनले यस घटनाबारे जहाजको नियमित रजिस्टरमा यसरी उल्लेख गरेका थिए– आजको रात जहाजका सहायक चालक रक्सीमा नशामा डुबेका थिए ।

भोलिपल्ट होसमा आएपछि सहायक चालकले क्याप्टेनले लेखेको विवरण पढे । क्याप्टेनको यस एक वाक्यका कारण उनको जागिर जान सक्थ्यो । त्यसैले, उनी क्याप्टेनसामु पुगे । त्यस घटनाका लागि माफी मागे । उनले हात जोडेर क्याप्टेनसित भने– सर, रजिस्टरमा हजुरले लेखेको वाक्यले मेरो जागिरे जीवन नै धरापमा पर्न सक्छ । त्यसैले, त्यस वाक्यको अन्तिममा ‘यस्तो घटना तीन वर्षमा पहिलोपटक भएको हो’ भन्ने एक वाक्य थपिदिनुहोस् न है ? आखिर सत्य पनि त यही हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)