काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
rajdhanidaily.com · Tue Oct 06 13:20:45 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलवार राष्ट्रिय सभा गृहमा पार्टी सभापति पदका लागि मनोनयन दर्ता गराउँदै राठौरले पार्टीलाई एकताबद्ध बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताए । उनले आफू पार्टी सभापति निर्वाचित भए पार्टीलाई मर्यादित र अनुशासित ढंगले अघि बढाउने दाबी गरे । राजनीतिमा कुनै पनि नेतृत्व निर्विकल्प नहुने उनको भनाइ छ । उनले नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहले समेत चुनाव हारेको र पूर्वसभापति कृष्णप्रसाद भट्टराई लामो समय सभापति भए पनि निर्विकल्प नभएको उल्लेख गर्दै राजनीतिमा कोही पनि निर्विकल्प हुन नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)