मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

ratopati.com · Tue Oct 06 13:30:30 GMT 2026

काठमाडौँ। राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत तिलौराकोट, जनकपुरधाम र पनौतीलाई सूचीकरण गराउन देखिएका समस्या, चुनौती र गर्नुपर्ने कामका बारेमा अध्ययन गर्ने भएको छ।

तीन सम्भावित विश्व सम्पदास्थललाई सूचीकरण गराउन देखिएका समस्याको अध्ययन गर्नेसहितको वार्षिक कार्ययोजना २०८३/८४ समितिको आजको बैठकले पारित गरेको हो । कार्ययोजनामा ऐतिहासिक संरचना (गढी) समेत १०० वर्ष पुराना सम्पदाको खोज, अवलोकन र निरीक्षण गर्ने कार्यक्रम समितिले अघि सारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)