डेङ्गी रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’
barnanmedia.com · Tue Oct 06 13:31:31 GMT 2026

नेपालगञ्ज उपमहानगरपालिकाले डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न २३ वटै वडामा लामखुट्टेको बासस्थानसहित ‘लार्भा नष्ट’ अभियान सञ्चालन गर्न लागेको छ।
उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सञ्चालन गर्न लागेको अभियानबारे सरोकारवालासँग छलफल तथा अभिमुखीकरणसमेत गरेको छ। उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत एवं कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालका अनुसार केही दिनभित्रै अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। अभियानमा घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलरलगायत पानी जम्मा हुने स्थानमा डेंगु सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)