मेलम्चीमा भ्रष्टाचार : कर्मचारी, परामर्शदाता र कम्पनीबाट सवा अर्ब असुल गर्नुपर्ने विशेषको फैसला
ekantipur.com · Mon Sep 23 17:10:18 UTC 2024
काठमाडौँ — मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर नेपाल सरकारका पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जना व्यक्ति र तीन कम्पनीबाट बिगो र जरिवानाबापत सवा अर्ब रुपैयाँ असुल गर्नुपर्ने फैसला भएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशले मेलम्ची परियोजना निर्माणमा संलग्न तीन कम्पनी र पूर्वसचिव ठाकुरसहित चार जनालाई भदौ २४ मा दोषी ठहर गर्दै असोज ७ गतेका लागि सजाय निर्धाण गर्न पेसी तोकेको थियो । सोही मुद्दाको सोमबार सजाय निर्धारण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)