मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिम प्रदेश : चालु आवको बजेटमा कृषि क्षेत्र प्राथमिकता

ratopati.com · Mon Sep 23 17:04:00 UTC 2024

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ‘पर्यटन पूर्वाधार : समृद्ध प्रदेशको आधार’ भन्ने नारासहित पर्यटन पूर्वाधार विकासका योजनाहरूलाई समेटेको छ । आइतबार प्रदेशसभाले पारित गरेको सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रममा पर्यटन पूर्वाधार विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन गुरुयोजना बमोजिम होटेल, लज, हिल स्टेसन, डाउन हिलसाइड रुट, स्काई साइकल, बञ्जी जम्प, होमस्टे, जिपलाइन प्याराग्लाइडिङ, र्‍याफ्टिङलगायत पर्यटनको पूर्वाधारको निर्माण गर्ने विषय समेटिएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रको सहभागितामा नै पर्यटन महोत्सव तथा खप्तड क्षेत्रमा खेलकुद पर्यटनसम्बन्धी प्रतियोगिताहरू आयोजना गरिने जनाइएको छ । प्रादेशिक पर्यटन महोत्सवका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)