मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीका नवनियुक्त पाँचजना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

kendrabindu.com · Mon Jun 08 06:57:16 GMT 2026

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमवार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मन्त्रीको सपथ लिनेहरुमा एमालेबाट चार जना र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक जना रहेका छन् । एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय