मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा प्रदेश खारेजको प्रस्ताव

annapurnapost.com · Sat May 13 00:22:41 GMT 2023

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्तावसमेत आएको छ। बिहीबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश र दुई गैर भौगोलिक गरी नौ समूह बनेको थियो। उक्त समूहगत छलफलका क्रममा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव आएको हो।

पोलिटब्युरो सदस्यत्रय महेश बस्नेत, गोकुल बाँस्कोटा, नीरु पालसहित युवा नेताहरूले संघीयताको विपक्षमा आवाज उठाएका हुन्। उनीहरूले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)