बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेनद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत
kendrabindu.com · Tue Oct 06 13:53:11 GMT 2026

म्याड्रिड । स्पेन सरकारले मङ्गलबार देशमा गहिरिँदो आवास सङ्कट समाधान गर्न नयाँ आपतकालीन उपाय स्वीकृत गरेको छ । यो निर्णय तटीय सहर बार्सिलोनामा सोमबार राति भएको हिंसात्मक घटनासहित देशभर हजारौँ मानिसले गरेको प्रदर्शनपछि आएको हो ।
सोमबार अबेर बार्सिलोनामा अशान्ति फैलिनुअघि सप्ताहन्तमा देशका विभिन्न सहरमा प्रदर्शन भएका थिए । राजधानी म्याड्रिडमा ८७ वर्षीया एक वृद्धालाई घरबाट निकालिएपछि आवास सङ्कटप्रति सरकारको ध्यानाकर्षण गराउन प्रदर्शनकारीले थप प्रभावकारी कदमको माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)