आजको राशिफल
himalpress.com · Wed Aug 05 00:33:56 GMT 2026

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा तपाईँको नाम आउनेछ । जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । र पनि कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजनको अवसर प्राप्त हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)