अवकाशप्राप्त ज्येष्ठ प्रहरी शाहीलाई घरमै पुगेर सम्मान
rajdhanidaily.com · Tue Oct 06 14:03:29 GMT 2026

सङ्खुवासभा, २० असोज । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले सङ्खुवासभाका अवकाशप्राप्त ज्येष्ठ प्रहरी कर्मचारी टीकाराम शाहीलाई सम्मान गरेका छन्।
चैनपुर नगरपालिका–६ का ८६ वर्षीय पूर्वप्रहरी नायब निरीक्षक (सई) शाहीलाई डीआईजी खनालले घरमै पुगेर दोसल्ला ओढाएर सम्मान गरेका हुन्। नेपाल प्रहरीमा लामो समय सेवा गरेका शाहीलाई पहिलोपटक कोशी प्रदेश प्रहरी कार्यालयले घरमै पुगेर सम्मान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)