फेब्रुअरीमा भित्रिए ९६ हजार पर्यटक
canadanepal.com · Sun Mar 02 18:09:59 GMT 2025

काठमाडौँ - सन् २०२५ को फेब्रुअरी महिनामा ९६ हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना ९६ हजार ८ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् ।
पर्यटक भित्रिएको यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा कम हो । सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, पर्यटक आगमनको यस्तो सङ्ख्या सन् २०२३ को फेब्रुअरीमा ९९ हजार ४२६ रहेको थियो भने सन् २०२२ को फेब्रुअरीमा ४५ हजार १५२ जना आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)