पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता, आजदेखि इन्धन विक्री सहज हुने
aarthiknews.com · Sat Apr 02 23:33:00 GMT 2022
काठमाडौं । आजबाट चरणवद्ध आन्दोलनमा उत्रेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आज चैत २० गतेदेखि गर्ने भनेको चरणवद्ध आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुशकुमार मल्लीका अनुसार आन्दोलनरत पक्ष निगमसँगको वार्ताबाट सकारात्मक निष्कर्ष आएकाले आन्दोलन फिर्ता भएको बताए ।
आन्दोलनरत पक्षले राखेको मागमध्ये बुँदा नं। ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र दुबै पक्ष बसेर छलफल गर्ने निष्कर्ष निकाल्ने सहमति भएको उनले बताए । उनका अनुसार पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)