मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको प्राथमिक विद्यालयमा गोलीबारी, १८ जनाको मृत्यु

ratopati.com

टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।

रोब इलिमेन्टरी स्कूल टेक्सासको सान एन्टोनियो शहरबाट लगभग ८३ माइल (१३३ किलोमिटर) पश्चिममा रहेको छ। यो एक प्राथमिक विद्यालय हो - यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् । एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएका थिए । रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)