मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ढुंगेदेउरालीले जित्यो लामाचौर कप

rajdhanidaily.com · Tue Aug 26 23:27:03 GMT 2025

पोखरा । रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ढुंगेदेउराली क्लबले जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो । उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ ।

खचाखच दर्शकमाझ अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ढुंगेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो । चौथो सेट २४–२४ को रोमाञ्चक मोडमा पुगेकोमा सञ्जुविक्रम शाह कप्तानीको ढुंगेदेउरालीले विपक्षीलाई रोकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)