मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको विजेता अमन

ratopati.com · Mon May 11 20:23:02 GMT 2026

सुनसरी । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको ‘एक्युरेसी ओभरअल’तर्फ अमन थापामगर विजेता बनेका हुन् ।

अमनलाई नगद रु एक लाख ५० हजारसहित मेडल र पुरस्कार प्रदान गरिएको सङ्घका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए । त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु एक लाख प्राप्त गर्नुभयो भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु ७५ हजार प्राप्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)