गाईघाट–फत्तेपुर सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्रे
rajdhanidaily.com · Tue Aug 26 23:30:30 GMT 2025

उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम भइरहेको छ । २०२५ सालअघि नै ट्र्याक खुलेको गाईघाट–फत्तेपुर सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमिटर सडकखण्डमा डिभिजन सडक कार्यालय लहानले स्तरोन्नतिसहित धमाधम कालोपत्रे गरिरहेको हो ।
निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअनुसार संघीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपैयाँसम्मको लागतमा सडक निर्माण गरिँदै आएको छ । उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यस सडकमा मोतीगडा–जोगीदह खण्डमा कालोपत्रे गर्ने काम भइरहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख डीई आशुतोष कर्णले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)