कांग्रेसको वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध निर्वाचित
annapurnapost.com · Tue Oct 06 14:24:52 GMT 2026

काठमाडौं : विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय सभा गृहमा वरिष्ठ उपसभापति पदमा एकल उम्मेदवारी परेपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन्।
यसअघि उनी विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए। त्यसअघि उनी पार्टीको महामन्त्री थिए। सभापतिसमेत रहेका गगन थापा र शर्मा १४औं महाधिवेशनबाट महामन्त्री बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)