सुन्दरहरैंचामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता
rajdhanidaily.com · Tue Aug 26 23:38:04 GMT 2025

सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका – ११ बेलेपुरमा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। श्री सृजनशील समाजको आयोजनामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न छ। समाजकी अध्यक्ष लक्ष्मी बजगाईको अध्यक्षता तथा सुन्दरहरैचाकी उपप्रमुख अंकली चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सृजनशिल समाजले विवाहित महिला नृत्य प्रतियोगिता आयोजना गरेर उत्कृष्ट कार्यक्रम गरेको भन्दा खुलेर प्रसंशा गरिन्। उनले सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिईन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)