ज्येष्ठ नागरिकमैत्री नीतिको माग
gorkhapatraonline.com · Fri Jun 23 06:13:49 GMT 2023
काठमाडौँ, असार ८ गते । ज्येष्ठ नागरिकसँग सम्बद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले स्थानीय तहलाई ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न आग्रह गरेका छन्। स्थानीय सरकारसँग साधन, स्रोत, जनशक्तिसमेत हुने भएकाले ज्येष्ठ नागरिक नीति बनाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आग्रह गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको असार १० गतेभित्र आ–आफ्नो सभामा नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ। अहिले धमाधम स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम निर्माण गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)