शान्तिसुरक्षा कार्यसम्पादनमा प्रदेश नं. १ पहिलो : मन्त्री कार्की
thahakhabar.com
विराटनगर : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सात प्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश भएको बताएका छन्।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले विषम परिस्थितिबीच आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। मन्त्री कार्कीले संविधानको रक्षा, अग्रगमन, जनजीविकाका सवाल र समुन्नतिका मार्गमा निरन्तर लागेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)