बाघसँग ठोक्कियो मोटरसाइकल: चालक घाइते, बाघ जंगलतर्फ भाग्यो!
barnanmedia.com · Mon Jun 08 07:02:34 GMT 2026

चितवनको माडीमा बाघसँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। माडी नगरपालिका वडा नं. ९ स्थित रातोमाटे डाँडा क्षेत्रमा माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल अचानक बाटो काट्दै गरेको बाघसँग ठोक्किएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–१ निवासी ४० वर्षीय अजित कुँवर घाइते भएका हुन्।
दुर्घटनाका कारण कुँवरको टाउको र बायाँ पाखुरामा चोट लागेको छ। घटनालगत्तै सोमेश्वर प्रहरी चौकी र निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले उनको उद्धार गरेको थियो। ठोरीस्थित चोकबजार स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ भने हाल उनको अवस्था खतरामुक्त रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)