प्रदूषित पानीबाट बायोग्यास उत्पादन गरिने
gorkhapatraonline.com · Fri Aug 26 01:08:49 GMT 2022
बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, भदौ १० गते । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले नगरका दुईवटा वडाबाट निस्कने दिसाजन्य लेदो तथा प्रदूषित पानी प्रयोग गरी बायोग्यास उत्पादनलाई निरन्तरता दिने भएको छ। नगरपालिकाले वडा नम्बर–४ र ५ बाट निस्कने दिसाजन्य लेदो र प्रदूषित पानीको व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्न सङ्घीय सरकारको आर्थिक सहयोग तथा इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन (एन्फो) प्राविधिक सहयोगमा वडा नम्बर–५ श्रीखण्डपुरस्थित ढल प्रशोधन केन्द्रको मर्मत सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)