आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग
ratopati.com · Tue Oct 06 15:11:25 GMT 2026

काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले लामो समयदेखि रोकिएको आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग गर्दै मंगलबार सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नेपाल आयुर्वेद चिकित्सा परिषद्को नियमावलीअनुसार प्रत्येक ६-६ महिनामा नियमित सञ्चालन हुनुपर्ने लाइसेन्स परीक्षा लामो समयदेखि स्थगन हुँदा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक भविष्य अन्योलग्रस्त बनेको भन्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)