नक्सा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ
onlinekhabar.com · Tue Oct 06 15:16:24 GMT 2026

२० असोज, सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मंगलबार साँझ मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई नगद १ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
स्रोतका अनुसार नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवले नक्सा पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिइरहेको सूचनाका आधारमा अख्तियारको टोली नगरपालिकामा पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)