३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
arthasansar.com · Wed Aug 05 01:56:15 GMT 2026

गत आर्थिक वर्षमा नबिल बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफा बढेको हो ।
प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा बैंकको खुद नाफा करिब ८ अर्ब नजिक रहेको छ । गत आर्थिक वर्षमा बैंकको नाफा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा बैंकको नाफा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)