मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमान्को मृत्यु भएको १५ दिनमा श्रीमतीको हत्या

nayapatrikadaily.com · Thu Sep 23 00:39:00 GMT 2021

पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक नेपाली चेलीको क्रूरतापूर्वक हत्या भएको छ । भारतको किसनगञ्ज जिल्ला सिंघिमारी ग्राम पञ्चायतमा विवाह गएर गएकी नेपाली महिला अन्दाजी ५५ वर्षीया डोली भनिने धोन्नी टुडुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।

झापा गाउँपालिका–१ मा रहेको माइतीमा आउने क्रममा बाटोमै उनको हत्या गरिएको प्रहरीले जनाएको छ । २४ भदौ राति करिब ११ बजेतिर माइत आउने क्रममा उनलाई आफन्तले नै हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनका श्रीमान्को १५ दिनअघि मात्र मृत्यु भएको थियो । घरमा उनकी सौता पनि थिइन् । उनीबाट सन्तान नभएपछि श्रीमान्ले कान्छी श्रीमती ल्याएका थिए । अहिले पनि उनका सन्तान छैनन् । उनीहरूबीच विगतदेखि नै पारिवारिक द्वन्द्व थियो । श्रीमान्को मृत्युपछि भने उनलाई सौता र उनका आफन्तबाट निरन्तर दबाब दिइँदै आएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)