धुम्बाराहीमा केएमसीको स्वास्थ्य शिविर, एक हजारको निःशुल्क उपचार
hamrakura.com · Sun Mar 06 00:00:00 GMT 2022
काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराही पिपलबोटमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी, गुड अटो मोबाईल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस् र लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस्को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
महेन्द्र अटो मोबाइलको प्राङ्गणमा सञ्चालन भएको शिविरमा १०१३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २२१ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५६ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)