ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
ratopati.com · Mon Jun 08 07:09:11 GMT 2026

काठमाडौँ । नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको देखिएको छ । सोमबार विश्व ब्रेन ट्युमर दिवसको सन्दर्भ पारेर वीर अस्पतालस्थति राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले अघिल्लो वर्षको तुलनामा १५.४ प्रतिशले ब्रेन ट्युमरका बिरामी बढेको तथ्यांक सार्वजनिक गरेको छ ।
केन्द्रले देशभरका २० भन्दा बढी न्युरो केन्द्रहरूको तथ्याङ्क समेटेर गरेको अध्ययनअनुसार २०८२ सालमा करिब ३ हजार जना बिरामीको ब्रेन ट्युमरको उपचार भएको छ । यो अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो । अध्ययनअनुसार ब्रेन ट्युमरले पुरुष र महिला दुवैलाई समान रूपले प्रभाव पारेको पाइएको छ । कुल बिरामीमध्ये ५०.०७ प्रतिशत पुरुष र ४९.९३ प्रतिशत महिला छन् भने बिरामीहरूको औसत उमेर ४६ वर्ष देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)