आर्सनललाई ५ अंकको अग्रता
ekantipur.com · Thu Mar 02 00:56:02 GMT 2023
काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा बुधबार पाँच अंकको अग्रता लिएको छ । इमिरेट्समा भएको खेलमा आर्सनलले रेलिगेसनबाट बच्न संघर्षरत एभरटनलाई ४–० ले हराएको हो ।
त्यसमा ग्याब्रिएल मार्टिनेलीले दुई तथा बुकाया साका र मार्टिन ओडगार्डले एक/एक गोल गरे । यो जितपछि आर्सनलको २५ खेलबाट ६० अंक भएको छ । समान खेल खेलेको म्यानचेस्टर सिटी ५५ अंकमा दोस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)