पूरा भएको एउटा सपना
ekantipur.com · Sun Feb 19 01:23:16 GMT 2023
सपना पूरा हुन एउटा आधारभूत सर्त छ, पहिला त्यो देख्नुपर्छ । हुन पनि हो, सपनै नदेखे पूरा हुन्छ कसरी ? गाउँमा राजनीतिज्ञको मानमनितो देखेपछि किशोर वयमै फूलवती राजवंशीले संकल्प गरिन््, एक दिन म पनि नेता बन्छु । हुर्कंदो उमेरमा नेता बन्छु भनेर देखेको सपना फूलवतीलाई तब पूरा भएजस्तो लाग्यो, जब उनी झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइन् ।
धेरैले निर्वाचित भएपछि आफूलाई चुनौतीहरूले घेरिएको पाउँछन् । तर, फूलवतीले यसलाई चुनौती मात्रै मानेकी छैनन् । ‘काम गर्नेका लागि ठूलो अवसर पो हो यो त π’ भन्छिन्, ‘यो अवसरलाई म यहाँका मान्छेहरूको सोचमा परिवर्तन ल्याउनका लागि प्रयोग गर्नेछु ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)