मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाइजरमा कू : अब्दुरहमानेद्वारा आफूलाई नेता घोषणा

ratopati.com · Sat Jul 29 06:26:00 GMT 2023

नाइजर । नाटकीय ‘कू’ पछि जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । ओमार चिआनी भनेर पनि चिनिने उनले बुधबार आफ्नो नेतृत्वमा रहेको राष्ट्रपतिको गार्ड यूनिटलाई प्रयोग गरेर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिँदै कू गरेका थिए ।

सत्ताच्यूत गरिएका राष्ट्रपति मोहमद बाजुम देशले सन् १९६० मा स्वतन्त्रता हासिल गरेपछि एक निर्वाचित राष्ट्रपतिलाई प्रतिस्थापन गर्ने पहिलो निर्वाचित राष्ट्रपति रहेका थिए । बाजुम हाल आफ्नै गार्डहरूको नियन्त्रणमा रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)